काठमाडौँ । विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गरेको भन्दै बाजुरा खप्तड छेडेदह गाउँपालिका ५ का रमेशबहादुर रावत पक्राउ परेका छन् । सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र AI (Artificial Intelligence) लगायतका प्रविधिहरूको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी चरित्रमा निर्मम आघात पुऱ्याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य दृश्य सामाग्री तयार तथा प्रसारण गरेको आरोपमा उनलाई साइबर ब्यूरोले सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका रावत उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्युरोले जनाएको छ । अदालतबाट ५ दिनको म्याद थप भई उनीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google