डोटीमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

दर्पण दैनिक १९ कार्तिक २०८०,०९:२९
post

धनगढी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जिप राति साढे २ बजेतिर डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाउनेहरूमा बाजुराकाे हिमाली गाउँपालिकाकी २२ वर्षीया राधिका मलाल, साेही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा र उनका छाेरा ६ वर्षीय कविन्द्र बुढा तथा साेही ठाउँकी विमला मलालकी आठ महिनाकी छाेरी प्रार्थना मलाल रहेका प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हिमाली–५ का ३० वर्षीय प्रकाश बुढथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमलाल मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेका छन् ।

घाइतेको दीयायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप चालक महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेकाे प्रहरीकाे भनाइ छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: