सतीप्रथा उन्मुलनको प्रतिक नेवार समुदायको बेल विवाह

दर्पण दैनिक २५ माघ २०७९,०७:०९
post

काठमाडौं। केन्द्रीय मानन्धर संघको आयोजनामा ‘ईहि मुना’ कार्यक्रम भएको छ । नेवार समुदायका बालिकालाई रजश्वला हुनु अगाडी ईहि –बेलबिबाह गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । संघले सांस्कृतिक परम्परालाई निरन्तरता दिनको लागि सातौं पटक ईहि मुना कार्यक्रम गरेको हो ।

 कालिमाटीस्थित लुमन्ति घरको सभाहलमा मंगलबारदेखि सुरु भएको ईहि मुना कार्यक्रम माघ २५ गते बुधबार सम्पन्न हुनेछ । कार्यक्रममा समुदायभित्रका १७ जना बालिकाहरु सहभागी छन् ।

‘सती प्रथा उन्मुलन गर्नको लागि ईहि गराउने प्रचलनलाई आरम्भ गरिएको विश्वास गरिन्छ । श्रीमानको मृत्यु भएसँगै श्रीमतीले पनि प्राण त्याग गर्नुपर्ने प्रथालाई उन्मुलन गराउनको लागि बेलसँग सांकेतिक रुपमा विवाह गरिदिएर सतीप्रथा रोकेको बताइन्छ ।’ कार्यक्रममा सहभागी भएका समुदायका एकजना अग्रजले तर्क गरे ।

नेपालमा सती प्रथा रोक्नको लागि राजा मानदेवकी आमाले समेत सती नगएर विरोध जनाएकी थिइन् । त्यस्तै १९१० सालको मुलुकी ऐनलाई सुधार गरी श्री ३ महाराज वीर शमशेरले पनि सती प्रथाविरुद्ध अभियान चलाएका थिए । त्यसपश्चात् १९७७ असारमा श्री ३ महाराज चन्द्र शमशेरले विधिवत रुपमा सती प्रथा उन्मुलन गरेको इतिहास छ ।

नेवार समुदायभित्र ईहि परम्परा कहिलेदेखि सुरुआत भएको भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने देखिन्छ । खासमा नेवार समुदायभित्र प्रत्येक बालिकालाई बिजोर वर्षमा रजश्वला हुनु अगाडि यो संस्कार गराउनै पर्ने अनिवार्य प्रचलन रहेको छ । बालिकाको उमेर समुहसँगै शारिरीक रुपमा हुने विकास र परिवर्तनलाई सांस्कृतिक रुपमा बुझाउनको लागि यो प्रचलन सुरुआत गरिएको बताइन्छ ।

‘ई’ भनेको नेपालभाषामा समय र ‘हि’ भनेको रगत हो । त्यसैले रगत देखापर्नु अगाडी गर्नुपर्ने प्रचलन नै ईहि संस्कार हो । ईहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजा सकेर ईहि गर्ने बालिकाका बुवाले ईष्ट देवतासँग सम्बन्ध गाँस्ने काम गरेपछि ईहि संस्कार सम्पन्न हुने गर्दछ । नेवार समुदायमा ईहि गर्ने बखत बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास गरिन्छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: