साधारणसभाकै दिन प्रेस सेन्टर ललितपुरका ८ पदाधिकारीले दिए राजीनामा

दर्पण दैनिक १३ जेष्ठ २०८०,१८:३३
post

काठमाडौं । प्रेस सेन्टर नेपालले प्रदान गरेको पुरस्कारमा चित्त नबुझेपछि सो संगठनमा आवद्ध पत्रकारहरुले राजीनामा दिन थालेका छन् । सोही क्रममा प्रेस सेन्टर ललितपुर शाखाका आठ जना पत्रकारले राजीनामा दिएका छन् । उत्कृष्ट जिल्ला कमिटीको रुपमा ललितपुर जिल्ला कमिटीलाई छनोट नगरेको विरोधमा सो शाखाका अध्यक्षसहित आठ जना पदाधिकारीले राजीनामा दिएका हुन् ।

ललितपुर प्रेस सेन्टरका अध्यक्ष रामहरि कार्कीले पछिल्लो समय आफ्नो जिल्लाले देशभरकै जनपक्षीय पत्रकारलाई संगठित गर्ने र पार्टीलाई हरेक कार्यमा मजवुत बनाउन दृढताका साथ काम गरिरहेको दाबी गर्दै आएका थिए । तर, संगठनको केन्द्रीय नेतृत्वबाट जिल्लाको कार्य र प्रतिष्ठामा कमी ल्याई आत्मसम्मानमा ठेस पुर्याउने काम भएको भन्दै उनले हालको परिस्थितिलाई मूल्याङकन गरेर संगठनको साधारण सदस्यको जिम्मेवारीमा मात्र रहने गरी राजीनामा दिएको बताए ।

राजीनामा दिनेमा कार्कीसहित उपाध्यक्ष गोपाल आलेमगर, सचिव दीपक अर्याल, सहसचिव अनिल पन्त र नारायणलिंखा देवान, कोषाध्यक्ष कृष्ण पौडेल, प्रेस सेन्टर ललितपुर महानगरपालिकाका सचिव राजुप्रसाद नेपाल र प्रेस सेन्टर उपत्यका समितिका सदस्य राममणि घिमिरे रहेका छन् । उनीहरुले प्रेस सेन्टरको साधारण सदस्य रहने गरी आ–आफ्नो पदबाट राजीनामा दिइएको बताएका छन् ।

त्यस्तै, पुरस्कारमै चित्त नबुझेपछि प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष किरण कर्णले पनि राजीनमा दिएका छन् । यद्यपि उनले प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको निर्णयअनुसार निर्धारित समयमा मधेश प्रदेश समितिको साधारणसभा गर्न गराउन नसकेको र विगत केही महिनादेखि आफु घरायसीमा समस्यामा रहेकाले संगठनमा रहन नसक्ने भन्दै राजीनामा बुझाएका छन् । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: