
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनकै निवास गल्फुटारबाट पक्राउ गरेको पारिवारिक स्रोतले बताएको छ ।
शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. शर्माले एमबीबीएस अध्ययन गर्ने क्रममा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै परेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सांसद डा. शर्माले मेडिकल काउन्सिलमा पनि सोही प्रमाणपत्र पेस गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google