काठमाडाैं । चितवन-नारायणगढ मुग्लिन सडकको मुग्लिन नजिक तीन नम्बर पुलबाट त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बलेरो गाडी भेटिएकाे छ । मंगलबार बिहान ५ बजे तिर नदीमा बत्ती बलेको सूचना आएपछि प्रहरी खोजीमा जुटेको थियो ।
प्रहरीका अनुसार नदी भित्र भारतीय नम्बर प्लेटको बिआर ९ जीसी १४३० नम्बरको सिंगल क्याब सेतो रंगको बोलेरो पिकअप भ्यान भेटिएको छ । गाडी भित्र कोही नभएको बताइएकाे छ । आज बिहान पौने पाँच बजेको समयमा जिप सडकबाट करिब ८५ मिटर तल खसेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google