बेनीबाट २१ दिनअघि बेपत्ता पुष्पाको शव भीरमा भेटियो

दर्पण दैनिक ११ मंसिर २०८०,०८:३७
post

म्याग्दी । बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको शव पर्वतको मल्लाजस्थित भीरमा भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी म‌गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव आइतबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनि सामुदायिक वन क्षेत्रमा भेटिएको हो ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार आज बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । शव सडेको अवस्थामा भेटिएको थियो । बेनीको कालीपुल पारी रहेको जङ्गल पर्वतमा पर्छ।

घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्।

घटना शङ्कास्पद रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतबाट टोली खटिएर अनुसन्धान भइरहेको छ। पोष्टमार्टम गरेपछि शव परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ। रासस

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५