काठमाडौं । उड्नेबित्तिकै इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतिर लागेको छ ।
फ्लाई दुबईको एफ–जेट५७५ जहाज सोमबार राति ९ बजेर २१ मिनेटमा त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको थियो। तर केही मिनेटमै इन्जिनमा आगो लागेको थियो ।
इन्जिनमा लागेको आगो निभेपछि सु्रक्षित रुपमा गन्तव्यतिर लागेको पर्यटनमन्त्री सुधन किराँतीले बताएका छन् । उनले भनेका छन्, ‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा ।’