
काठमाडौं । आज (बुधबार) सिन्धुपाल्चोकसहित १२ जिल्लाका खोला/नदीमा आउने बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही खोला/नदीमा आकस्मिक बाढीको जोखिम देखिएको हो । महाशाखाले चेतावनी दिँदै भनेको छ– सतर्कता अपनाऔँ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google