
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका हुन् । दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा, नेपाल एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल परिसर पुगेका हुन् ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ नर्भिकमा छन् ।उपराष्ट्रपति रामशहायप्रसाद यादव पनि नर्भिक पुगेका छन् । स्वास्थ्यमन्त्री मोहन बस्नेत र सञ्चारमन्त्री रेखा शर्मालगायत अस्पताल परिसरमा छन् ।
दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google