काठमाडाैँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालबाट काठमाडाैँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यालय प्रमुखको रुपमा सरूवा भई आएका तामाङले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण पश्चात काठमाडाैँ उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी कमचारीहरुलाई निर्देशन दिँदै तामाङले प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि रहेकाले काठमाण्डौ उपत्यकामा प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताए ।
साथै आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादर र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य गर्न समेत निर्देशन दिए । सोही अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष तथा विभिन्न शाखाहरु लगायत अन्य संरचनाको निरीक्षण समेत गरी शाखाहरुको काम कारबाहीको बारेमा जानकारी समेत लिएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google