काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार (हिजो) उनले प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको उनले बताए ।
गत वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखको जिम्मेवारी सम्हालेका चन्दले स्वेच्छिक अवकाश लिएका हुन् । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google