काठमाडौं । सरकारले टेलिग्राम, स्नापच्याट लगायतका एपमाथि पनि निगरानी थालेको छ । सरकारले यस्ता एपहरूलाई पनि नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सामाजिक सद्भाव खलबल्याएको तथा पारिवारिक विचलन ल्याएको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन, तर लिखित जवाफ मागेर अन्तिम सुनुवाइका लागि १९ मंसिरमा पेश तोकेको छ ।
टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति मानिसहरूले गरेको समर्थनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्साहित छन् । र, प्रधानमन्त्रीकै निर्देशनमा आफूहरूले काम गरिरहेको सचिवालयको दाबी छ ।
विज्ञहरूको समूह नै बनाएर नेपालमा प्रयोगमा रहेका लाइकी, इमो, बिगो, टिन्डर, टनटन, बम्बल, टेलिग्राम, स्नापच्याट लगायतका सञ्जाल र एपहरूबारे अध्ययन भइरहेको जनाइएको छ ।
बिगो लाइभजस्ता लाइभ स्ट्रिमिङ एपमा विकृत क्रियाकलाप मौलाएको तथा इमो, टेलिग्रामजस्ता म्यासेजिङ एपमार्फत आर्थिक तथा यौनजन्य अपराधका घटना समेत हुने गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google