
काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्याललाई पठाएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले अर्याललाई गृहमा सरुवा गर्ने निर्णय गरेको हो ।
अर्याल विगत एक वर्षदेखि प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए । निर्णय क्षमतामा अब्बल मानिने अर्याल सहसचिव हुँदा काठमाडौँको सीडीओ रहिसकेका छन् । गृह सचिव दिनेश भट्टराईको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google