काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुधीर राईलाई सरुवा गरिएको छ । गत शुक्रबार ईपीएस कार्यालयमा भएको आन्दोलनका क्रममा गोली चलाउँदा दुई युवाको ज्यान गएपछि ललितपुर परिसरमा कार्यरत डीएसपी उमेश लम्साललाई निलम्बन गरिएपछि साे स्थान रिक्त थियाे ।
दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको भोलिपल्ट लम्साललाई निलम्बन गरिएको थियो । उक्त स्थानमा राईलाई पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google