काठमाडौँमा 'अभियान सम्मेलन २०२५' को आयोजना

दर्पण दैनिक २५ बैशाख २०८२,०९:३४

जलवायु न्याय र मर्यादित श्रमका मागमा ऐक्यबद्धता

post

काठमाडौँ । एक्नसएड इन्टरनेशनल नेपाल, नेपाल महिला एकता समाज र युथ एड्भोकेसी नेपाल र सञ्चारिका समूहको सहकार्यमा  जलवायु न्याय र मर्यादित श्रमका विषयमा केन्द्रित “अभियान सम्मेलन २०२५” आयोजना हुने भएको छ । आगामी ५ र ६ मे मा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको  हो । 

 दुई दिने राष्ट्रियस्तरको कार्यक्रमले जलवायु परिवर्तनको प्रभाव झेलिरहेका समुदायहरू तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको वास्तविक अवस्था उजागर गर्नुका साथै समाधान खोज्न विविध सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।

आयोजक संस्थाहरूले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सम्मेलनले संवाद, सहकार्य र सिर्जनात्मक सहभागिता मार्फत समावेशी वातावरण निर्माण गर्नेछ, जसले दीर्घकालीन प्रणालीगत परिवर्तनतर्फ जोड दिनेछ। सम्मेलनमा युवा अभियन्ता, अनौपचारिक क्षेत्रका श्रमिकहरू, कृषकहरू, नागरिक समाजका प्रतिनिधिहरू, सरकारी निकायहरू तथा नीतिनिर्माताहरूको सहभागिता रहनेछ।

नेपालमा हाल करिब ८० प्रतिशत श्रमिकहरू अनौपचारिक क्षेत्रमा कार्यरत छन्, जसमा महिलाहरू, दलित, आदिवासी र अन्य सीमान्तकृत समुदायहरू रहनेछन् । न्यून ज्याला, सामाजिक सुरक्षा नहुनु, जोखिमयुक्त र असुरक्षित कार्यस्थितिको चुनौती झेलिरहेका यी श्रमिकहरूको हकहितका लागि सम्मेलनमा न्यूनतम तथा न्यायोचित ज्यालाको सुनिश्चितता, सुरक्षित तथा हिंसामुक्त कार्यस्थलको प्रत्याभूति, व्यावसायिक स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी, सामाजिक सुरक्षासहित रोजगारीको सुनिश्चितता र लैङ्गिक मैत्री सार्वजनिक सेवा प्रणालीको विकासलगायत मागहरू उठाइनेछ।

विश्व बजारमा करिब २ अर्व कामदारहरूअनौपचारीक श्रम क्षेत्रमा संलग्न छन् ,जसमा ६१% श्रमिक महिलाहरू छन् जहॉ यो क्षेत्रमा काम गर्ने श्रमिकहरू न्युन र विभेदपूर्ण ज्याला उच्च जोखिम तथा हिंसा जस्ता समस्याबीच संघर्ष गरीरहेका छन् । हरेक क्षेत्रबाट जोखिकमा महिलाछन्

यता, जलवायु परिवर्तनका सन्दर्भमा नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान दिए पनि यसले झेल्नु परेका असरहरू अत्यन्त गम्भीर छन्। पहिरो, बाढी, खडेरी, असिनापात, खेतीयोग्य जमिनको क्षति र जल स्रोतको अनिश्चितताका कारण विशेष गरी कृषकहरू, महिला, दलित, आदिवासी र गरिब समुदायहरू सीधा प्रभावित भइरहेका छन्। यिनै चुनौतीहरूप्रति राज्यको ध्यानाकर्षण गराउँदै सम्मेलनमा जलवायु प्रभावित महिला, युवा र बालबालिकाहरूको आवाज राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने, दिगो र नवीकरणीय ऊर्जामा आधारित लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रलाई जवाफदेही बनाइनुपर्ने, जलवायु क्षति सम्बोधनका लागि पारदर्शी वित्त व्यवस्था हुनुपर्ने, र जलवायु प्रतिरोधात्मक पूर्वाधार तथा जीविकोपार्जनका उपायहरू सरकारी नीति तथा बजेटमा समावेश गरिनुपर्ने मागहरू अगाडि सारिनेछन्।

सम्मेलनको सुरुवात ५ मे बिहान ८ बजे शान्ति बगैंचाबाट सुरु हुने र्यालीबाट हुनेछ, जसमा सहभागीहरूले रत्नपार्कसम्म मार्च गर्दै जलवायु न्याय र श्रमिक अधिकारका पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्नेछन्। त्यसपछि उद्घाटन समारोह प्रज्ञा प्रतिष्ठानमा हुनेछ, जहाँ सरोकारवाला निकायहरू, संघसंस्थाका प्रतिनिधिहरू र सहभागीहरूले सम्बोधन गर्नेछन्। पत्रकार सम्मेलनमा युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन्द्र खतिवडा, एक्सनएड इन्टरनेशनल नेपालका क्याम्पेन म्यानेजर राहुल देवान, नेपाल महिला एकता समाजकी कार्यकारी निर्देशक भगवती अधिकारी, सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थी लगायत वक्ताहरूले अभियान, सार्वजनिक संलग्नता र सञ्चारको भूमिकाबारे धारणा राखेका थिए ।

सम्मेलनको पहिलो दिन विविध सभाहलहरूमा समानान्तर रूपमा विभिन्न सत्रहरू सञ्चालन हुनेछन्, जसमा व्यावसायिक स्वास्थ्य सुरक्षा, साझा स्रोतको संरक्षण, जलवायु वित्त, श्रमिक अधिकार लगायतका विषयमा गहन छलफल गरिनेछ। दोस्रो दिन नीति संवाद सत्रहरू सञ्चालन गरिनेछ, जसमा वन तथा वातावरण मन्त्रालय र श्रम मन्त्रालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिनेछ। सम्मेलनको अन्त्यमा मागपत्रहरू तयार पारेर सम्बन्धित मन्त्रालयहरूमा बुझाइनेछ।

कार्यक्रम सिर्जनात्मक अभिव्यक्तिमा पनि समृद्ध हुनेछ। सहभागीहरूको अनुभव, पीडा र चेतनालाई उजागर गर्न कथा वाचन, कविता वाचन, फोटो प्रदर्शनी, फोरम थियटर, लाइभ आर्ट, पोडकास्ट, र स्पिकआउट बारजस्ता विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक क्रियाकलाप सञ्चालन गरिने आयोजकहरूले जनाएका छन्।

कार्यक्रमलाई विशेष बनाउँदै आयोजकहरूले “जलवायु न्याय र मर्यादित श्रम छुट्टाछुट्टै होइन, गहिरो रूपमा जोडिएका जनसंघर्षहरू हुन्” भन्ने दृष्टिकोणलाई केन्द्रमा राखेका छन्। उनीहरूको विश्वास छ— यो सम्मेलन जनशक्तिको सामूहिक प्रयासबाट उठेका आन्दोलनहरूलाई अझ संस्थागत, संगठित र प्रभावशाली बनाउने महत्वपूर्ण अवसर हुनेछ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: