मुद्दा मिलाई दिन्छु भनि ठगी गर्ने दुईजना सिआइबीकाे फन्दामा

दर्पण दैनिक २६ मंसिर २०८०,१७:३०
post

काठमाडाैं । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मुद्दा मिलाई दिन्छु भनि ठगी गर्ने दुई जनालाई पक्राउ गरेकाे छ । सिआइबीले 
आपराधिक विश्वाशघात र संगठित अपराध समेत मुद्दामा भोजपुर जिल्ला हतुवागढी गाउँपालिका ५ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला नागार्जुन १ रानीबन बस्ने २६ बर्षीया रितु राई र बर्दिया जिल्ला पाताभार १ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला नागार्जुन १ रानीबन बस्ने २१ बर्षीय निरेश चौधरीलाई पक्राउ गरेकाे हाे । 

उनीहरूले काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान भएका सुर्खेत विरेन्द्रनगर ५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराई दिन्छु भनि निजको बुवा अमरबहादुर खड्काबाट पटक पटक गरी उनान्सय लाख पचहत्तर हजार रूपैयाँ ठगी गरेकाे सिआइबीले जनाएकाे छ । 

उनीहरलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएकाे प्रहरी टोलीले पक्राउ गरी आपराधिक विश्वाशघात तथा ठगी मुद्दामा थप अनुसन्धान भईरहेको जनाएकाे छ ।

रेवन्तलाई भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा सीआईबीले पक्राउ गरेको थियो । उनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा समेत हुन् ।
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: