ललितपुर । गोदावरी नगरपालिका १४ बाँडेगाउँमा गोदावरी धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं श्रीमदभागवत विराट ज्ञान महायज्ञ आयोजना हुने भएको छ । श्री मामाघर अनाथालय आश्रमलाई सहयोग गर्ने उद्देश्यले विराट ज्ञान महायज्ञ आयोजना हुन लागेको हो ।
भाद्र २० गते देखि ३० गते सम्म सञ्चालन हुने श्रीमदभागवत विराट ज्ञान महायज्ञमा प्रसिद्ध कथावाचिका गरिमा उपाध्याय र प्रसिद्ध कथावाचिका उमा महेश्वरीको विशेष कथा वाचन रहने बताइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google