
काठमाडौं । धादिङको धुनिवेशी–९ गणेशस्थानमा गुडिरहेको बसमा आगलागी भएको छ । बसमा सवार यात्रु भने सबै सकुशल छन् ।
जिल्लाको पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा ३३ जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बसको इन्जिनबाट धुँवा निस्किन थालेपछि बस रोकेर यात्रुलाई बाहिर निकालिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google