काठमाडौं । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ । घटनामा आमा घाइते भएकी छन् । तारकेश्वर नगरपालिका–५ चो गाउँमा गएराति स्थानीय गणेश तामाङको एकतले जस्ताले छाएको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।
शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले घर पुरिँदा घरमुली ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको प्रहरी वृत्त बालाजुले जनाएकाे छ ।
घटनामा तामाङकी पत्नी ३५ वर्षीया सञ्जु तामाङ घाइते भएकी छन् । घटनाको खबर पाउनासाथ बालाजु बृत्तबाट गएकाे प्रहरी टोलीले घाइतेलाई उद्दार गरी अस्पताल पुर्याएको थियो । घरमा परिवारका चारजना बस्दै आएका भएपनि तामाङ दम्पतीका छोरा घर बाहिर रहेकाले जोगिएका छन्।