काठमाडाैं । सामाजिक सञ्जाल फेसवुकबाट नाबालिकालाई दुर्व्यवहार गर्ने एक जना दुबईबाट पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसवुकमा साथी बनी, कुराकानी गर्ने क्रममा, ग्रुमिङ (अनलाइन उत्पीडनको लागि बालबालिकालाई विभिन्न तवरले तयार पार्ने) गरी, अश्लील कृयाकलापद्वारा बारम्बार दुःख, हैरानी तथा मानसिक यातना दिएको आराेपमा ३३ वर्षिय सगीर अहमदलाई दुबईबाट पक्राउ गरिएकाे हाे ।
नाबालिकाका अभिभावकले जानकारी पाई आवश्यक कानुनी कारबाहीको लागि यस ब्यूरोमा निवेदन दिएका थिए । निवेदन माथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट खुल्न आएका जिल्ला प्यूठान सरुमारानी गाउँपालिका १ स्थायी घर भएका सगीर अहमदलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा मिति २०७९ माघ २५ गते मुद्दा दर्ता भई खोजतलास गर्दा निज प्रतिवादी वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको जानकारी प्राप्त पश्चात्, नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको सहयोगमा रेड कर्नर नोटिस जारी भई दुबईबाट नियन्त्रणमा लिइएकाे साइबर ब्यूरोले जनाएकाे छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)









प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google