लगनखेलको एक होस्टेलको शौचालयमा भेटियो बिएचएम पढ्दै गरेका लनि थिङको शव

दर्पण दैनिक १८ पुष २०८०,११:४५
post

ललितपुर । लगनखेलमा होस्टेलको शौचालयमा २१ वषीय युवाको शव फेला परेशको छ । दक्षिणकाली चोक नजिक कुमारिपाटी जग्गनाथ मार्ग गल्लिमा रहेको सिबीएस ब्वाइज होस्टेलको शौचालयमा शव फेला परेको हो ।

मकवानपुर नारायणी नगरपालिका ४ घर भइ भैसीपाटी बस्ने लनि थिङ शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले पुष्टि गरेको छ । 

होस्टेलको वोर्डमा राखिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा पनि मृत भेटिएको जानकारी प्राप्त भयो, भने कारण खुल्न बाँकि छ । 
 

थिङ लगनखेल स्थित एकेडेमी अफ कुलिनरी आर्ट एण्ड हस्पिटालिटि म्यानेजमेन्टमा बिएचएम अध्यनरत थिए । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: