
सोलुखुम्बु । लिखुपिके गाउँपालिका ५ ठेकालरेमा रहेको सिंहदेवी स्थान परिसरमा सरसफाई तथा बाटो मर्मत गर्न आर्थिक, भौतिक, नैतिक साथै श्रमदान गरी सहयोग गर्ने सहयोगीहरुलाई खादाद्वारा स्वागत तथा सम्मान गरिएको छ । छिरिङखर्कस्थित काङरिङ छोलिङ गुम्बाको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी समाजसेवी मिङ्मार दोर्जी तामाङको अगुवाइमा सम्मान तथा स्वागत गरिएको हो ।
प्रमुख अतिथिको भूमिका निर्वाह गरेका लिखुपिके गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ङिमाछिरी लामाले हाम्रो समाज कानुन, विज्ञान र धर्मले चलेको बताए । अध्यक्ष लामाले धर्मले समाजलाई अनुशासित बनाएको बताउँदै बाटो मर्मत तथा सरसफाई गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
एकजना अगुवाई नभए कुनै पनि ठाउँको विकास नहुने बताउँदै काङरिङ छोलिङ गुम्बाका प्रमुख धर्मगुरू लिलाग्याल्जेन शेर्पा (खेम्बुसाङ्गे लामा)ले धार्मिक स्थल परिसर सरसफाई गर्न अगुवाईको भूमिका निर्वाह गरेकोमा अगुवाईकर्ता एवं समाजसेवी मिङमारदोर्जी तामाङलाई धन्यवाद दिए । त्यस्तै श्रमदानबाट सबै कुरा सम्भव हुने बताउँदै शेर्पाले अन्य ठाउँहरूमा पनि श्रमदानबाट नै बाटो निर्माण गर्न अनुरोध गरे ।
आगामी मङ्सिर ३० गते धान्यपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा व्यवस्थापनका लागि उपस्थित स्थानीयहरुको भेलाले समाजसेवी मिङमारदोर्जी तामाङको अध्यक्षतामा सात सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेको छ । सम्मान तथा स्वागत कार्यक्रममा सहयोगी दाताहरूबाट उठेको रकम र खर्च तथा बचत रकमसमेत सार्वजनिक गरिएको थियो ।
सो कार्यक्रममा जनप्रतिनिधि लगायत स्थानीय समाजसेवी बुद्धिजीवी सबैको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।















































































































































1667912853.jpg)















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)

















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google