काठमाडाैं । कथावाचक शीतलकृष्ण महाराज शीतलकृष्णले आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुबारे गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले करिब ९ महिना अघि आफू र आफ्नो श्रीमतीको आचरण र विचार नमिलेपछि श्रीमतीकै हितका लागि जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको एक भिडियो सन्देशमा बताएका छन् । शीतलकृष्णले जीवनमा मातापिता र श्रीमतीमध्ये एउटा रोज्नुपर्ने मोड आएको बताउँदै संसारलाई मातापिताको उपदेश दिँदै आएको आफूले मातापिताको सेवा गर्ने बाटो रोजेको दाबी गरेका छन् ।
आफूले गृहस्थी चलाउन नसकेकोप्रति भूल भएको भन्दै उनले क्षमा समेत मागेका छन् । उनले सामाजिक सञ्जालमा राखेको भिडियो सन्देशमा भनेका छन, ‘केही दिनअघि श्रीमतीजीले पत्रकार सम्मेलनमा रिस र आवेगमा आएर लगाएका आरोप निराधार र सत्य नभएको यहाँहरु सबैलाई जानकारी गराउँदै सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि अदालतको अन्तिम फैसलाको प्रतिक्षामा रहेकोले यसप्रति अन्य टिकाटिप्पणी नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै भक्त सज्जनहरुलाई धैर्य गर्न पनि निवेदन गर्दछु ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google