नेपालमा आपराधिक घटनामा वृद्धि, सबैभन्दा बढी उपत्यकामा

दर्पण दैनिक १८ श्रावण २०८०,०७:०८

पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९/८० मा कुल ५६ हजार ३ सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन्

post

काठमाडौं । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९/८० मा कुल ५६ हजार ३ सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामध्ये ३३ हजार ६३ वटा घटनाको फस्र्यौट भएको छ भने २३ हजार बढी मुद्दा फस्र्यौट हुन बाँकी छ । त्यसको अघिल्लो आव २०७८/७९ मा भने ४६ हजार ९ सय २ वटा घटना दर्ता भएका थिए ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले घटना उजुरी दर्ताका हिसाबले अघिल्लो आवभन्दा गएको आवमा बढेको बताए । उनका अनुसार सबैभन्दा बढी काठमाडौं उपत्यकामा १६ हजार बढी घटना दर्ता भएको छ । त्यसपछि मधेस प्रदशेमा नौ हजार बढी र कोसी प्रदेशमा आठ हजार बढी घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार सिआइबीमा ४३, काठमाडौं उपत्यकामा १६ हजार ६ सय २७, कोसी प्रदेशमा ८ हजार ७ सय २०, मधेस प्रदेशमा ९ हजार ८ सय ४४, बागमती प्रदेशमा ४ हजार ६ सय ७९, गण्डकी प्रदेशमा ४ हजार १ सय ७७, लुम्बिनी प्रदेशमा ६ हजार ९ सय ९७, कर्णाली प्रदेशमा १ हजार ७ सय २९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३ उजुरी दर्ता भएको छ ।

प्रवक्ता कडायतले भने, ‘अन्य घटना खास त्यसरी बढेका छैनन्, जघन्य अपराध पनि बढेको छैन, त्यही बैंकिङ कसुर, साइबरजन्य अपराध भने बढेको छ ।’ पैसा नभएको बैंकका चेक दिएको उजुरी परेको संख्या ह्वात्तै बढेको उनले बताए । प्रहरीको विवरणअनुसार बैंकिङ कसुरका मात्रै १२ हजार १ सय ३५ घटना दर्ता भएको छ । यस्तै ज्यानसम्बन्धीका कसुर नै आठ हजार बढीको भएको छ । झन्डै सात हजार आत्महत्याका घटना भएका छन् । चोरीसम्बन्धी घटना नै ३ हजार ६ सयभन्दा बढी भएको छ भने ६ हजार बढी संगठित तथा आर्थिक अपराधका छन् ।

त्यसैगरी ११ हजार बढी सामाजिक अपराधका घटना भएको छ । महिला तथा बालबालिकासम्बन्धी चार हजार बढी अपराध भएको तथा सवारीसम्बन्धी दुई हजार घटना भएको प्रहरीको अभिलेखमा उल्लेख छ । 
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: