
काठमाडौँ । गोरखामा गएराति तीर्थयात्री सवार गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुर्घटनामा ज्यान गुमाउने सातै जना भारतीय नागरिक हुन् । उनीहरू सबै घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतीय नागरिकहरू ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीय बिजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी छन् । उनीहरूको विस्तृत ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन ।
शनिबार साँझ साँढे सातबजेतिर मनकामना दर्शन गरेर फर्केका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा सडकबाट झण्डै दुईसय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलममै मृत्यु भएको थियो ।
पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेका यी हुन् ९ घाइते
१) चालकः जिल्ला लमजुङ सुन्दरबजार न.पा. १ बस्ने बर्ष ४६ को पुष्प मल्ल ठकुरी. बाहिरी चोट नभएको, भित्री चोट। हल्का बोल्न सक्ने अवस्था सिरियस (मा.प.से. नभएको- पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको (साथमा प्र.ह. गुड्डु नाउ हजाम खटि गएको)
२) सह-चालकः- जि. लमजुङ बेशीशहर न.पा. ३ बस्ने बर्ष २९ को सन्तोष गुरुङ टाउको र अनुहारमा चोट अवस्था सिरियस – पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको।
३) देश भारत बस्ने वर्ष अन्दाजी ६२ की सोरनम शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस -पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
४) ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ६५ का मंगदा जलम शरीरको विभिन्न भागमा चोटअवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
५) ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ७५ की सुभाद्रा शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
६) ऐ.ऐ. बस्ने वर्ष ६५ की मयाल शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
७) ऐ.ऐ. बस्ने वर्ष ७३ की सरोजा शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
८)ऐ.ऐ. बस्ने वर्ष ६५ की भाग्यलक्ष्मी शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको।
९)ऐ.ऐ. बस्ने वर्ष ३४ की मिनाक्षी शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस- पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)





















































































































































































































































































.jpg)












































































































































.jpg)



















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google