काठमाडौं । सरकारका ६ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीलाई दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यसैगरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव गेहेन्द्रनाथ शर्माको जिल्ला समन्वय समिति उदयपुर सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भूपेन्द्र राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा गरिएको छ ।
भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयकै उपसचिव चिरञ्जीवी पौडेललाई पुतली बजार नगरपालिका स्याङ्जाको प्रमुख प्रशासकीय अधिकृत, चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेलाई जिल्ला समन्वय समिति सिन्धुली र सिन्धुली जिल्ला समन्वय समितिमा कार्यरत लुम्बनाथ पोखरेललाई प्रदेश प्रमुखको कार्यालय, मधेस प्रदेशमा सरुवा गरिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google