काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदका दुबै सदनलाई सम्बोधन गर्ने गर्दैछन् । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने प्रतिनिधि तथा राष्ट्रियसभाको संयक्त बैठकलाई विशेष संबोधन गर्ने भएका हुन् ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति भण्डारीले संबोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ । दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ ।
नेपालको संविधानले एक व्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्य तालिका सार्वजनिक गरिसकेको छ ।
राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि साँझ रात्रि भोजको समेत आव्हान गरिसकेका छन् । उक्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, मन्त्रीहरू, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरू, संवैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरू, कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गइसकेको छ ।
उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा नाम दर्ज गरेर २५ फागुनबाट औपचारिक रूपमा बिदा हुँदै छन् ।