काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिवहरूको सरुवा गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरू रहेका छन् ।
अतिरिक्त समूहमा रहेका सहसचिव विभिन्न मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको जनाइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google