
काठमाडाैं । नेपाल प्रहरीले ‘तपस्वी’ रामबहादुर बम्जनलाई पक्राउ गरेको छ । बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलवार काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ गरेको हो । बम्जनलाई पुरानै मुद्दामा पक्राउ गरिएको बताइएकाे छ ।
बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए ।
जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि उनी अदालतमा हाजिर भएनन् ।
सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ । तर, बम्जन अझै अदालतमा समेत हाजिर भएका थिएनन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google