काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ ।
श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगालागी भएपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले जहाजको दायाँतर्फको इन्जिनमा आगो लागेपछि उडान भरेको २३ मिनेटमा अवतरण गरिएको जानकारी दिए ।
उनले अवतरणकै क्रममा इन्जिनमा लागेको आगो निभेको र जहाज सिंगल इन्जिनमा ल्यान्ड भएको पनि बता ए।