
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।
रास्वपा कार्यालय बिहीबार बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले मतदान सकिनु दुई घन्टाअघि पौडेललाई मत दिने निर्णय हाे ।
पार्टीले आधिकारिक रूपमा भने कसलाई मत दिने कुरा सार्वजनिक गरेको छैन । रास्वपाका प्रतिनिधि सभामा १९ जना सांसद छन् ।