नेपाल प्रहरीका १२० डीएसपीको सरुवा (सूचीसहित)

दर्पण दैनिक १६ भाद्र २०८०,०६:३७
post

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । १२० डीएसपीहरूको सरुवा भएको हो । जसअनुसार प्रहरी वृत्त (महाराजगन्ज) डीएसपी अंगुर जीसीलाई काठमाडौं अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा गरिएको छ भने यसमा प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखामा कार्यरत डीएसपी अमरबहादुर थापालाई ल्याइएको छ । 

यस्तै लागू औषध नियन्त्रण ब्युरो मानवस्रोत व्यवस्थापन शाखा (कोटेश्वर) बाट डीएसपी अनन्त राम शर्मालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार ल्याइएको छ । सरुवा भएका डीएसपीहरूले भदौ महिनादेखिको तलब, भत्ता सरुवा गरिएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सूची -https://www.nepalpolice.gov.np/media/filer_public/5f/a2/5fa22b57-5d0f-4428-bc20-5475d2db0a3a/saruwa-dsp-janapad-2080-05-15.pdf

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: