प्रहरी प्रधान कार्यालयमा कसूर अनुसन्धान गर्ने निकायहरूबीच अन्तरक्रिया

दर्पण दैनिक १९ असार २०८०,१८:००
post

काठमाडौं । राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र अपराध सम्बन्धी अभिलेखको सूचना आपसमा आदान प्रदान गर्न समन्वयका लागि कसूरको अनुसन्धान गर्ने निकायहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ ।  कार्यक्रममा आभारसहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कसूर अनुसन्धान गर्ने निकायहरू राष्ट्रिय अपराध सूचना केन्द्रमा आवद्ध भएमा सूचनाको आदानप्रदानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो हुने बताए । सूचना केन्द्रलाई पूर्णरूपमा कार्यान्वयन गरी सबै सरोकारावाला निकायहरूबीच आपसी सहयोग एवं समन्वय गरी सूचना आदान प्रदान गर्नुपर्नेमा उनले जोड दिए । व्यक्तिको गोपनियता र मौलिक हकलाई मध्यनजर गर्दै अनुसन्धानलाई सहजिकरण गर्नका लागि कुनै पनि अपराधमा संलग्न रहेका व्यक्तिहरूको विवरण आदानप्रदान गर्न सकेमा कसूर अनुसन्धान गर्ने निकायहरू लाभान्वित हुने विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको विषयवस्तु र उद्देश्यका बारेमा जानकारी दिए । सूचना केन्द्र साझेदारीको आवश्यकता, नेपाल प्रहरीलाई प्राप्त जिम्मेवारी, हालसम्मको प्रगति, कार्यान्वयनका लागि गर्नुपर्ने कार्यहरू, तत्काल गर्न सकिने कार्यहरू लगायतका विषयमा आधारित रहेर सहभागीहरूबीच छलफल तथा अन्तरक्रिया भएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्यले राष्ट्रिय अपराध सूचना केन्द्रको परिचय र स्थापनाको उद्देश्य लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक, राजश्व अनुसन्धान विभागका महानिर्देशक, वैदेशिक रोजगार विभागका महानिर्देशक, आन्तरिक राजश्व विभागका महानिर्देशक, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, वन तथा भू-संरक्षण विभागका उप-महानिर्देशक, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको सचिवालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, नेपाल राष्ट्र बैंक वित्तीय जानकारी ईकाईका प्रतिनिधि लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: