काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो ।
आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी मुख्य न्यायाधीशको वरीयतामा रहेर पनि बढुवा नभई अवकाश भएका थिए ।
माओवादी नेताहरुकै सिपारिसमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा उनको नाम सिफारिस गरेको तर कसैले पनि विमति नजाएको एक मन्त्रीले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google