काठमाडाैं । ललितानिवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनीसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।
यो प्रकरणमा थुनामा रहेका १७ जनासँग धरौटी मागेको जिल्ला अदालतले एक जनालाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतले केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
कोसँग कति धरौटी माग ?
मिनबहादुर गुरुङ- २ करोड ४६ लाख
कलाधर देउजा– १५ लाख
विनोद पौडेल– १५ लाख
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
लोकरि घिमिरे –७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
घमन कुमार कार्की– ७ लाख ५० हजार
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
गोपाल कार्की –७ लाख ५० हजार
शिवजी भट्ट–३ लाख ३० हजार
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन – १ लाख १० हजार
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
केशव तुलाधर- साधारण तारेखमा रिहा
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google