काठमाडौँ । सर्भरमा समस्या देखिएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका हुन् । अध्यागमन विभागको सर्भर डाउन भएकाले उक्त समस्या देखिएको बताइएको छ ।
करिब २ घण्टाभन्दा बढी समय सर्भर डाउन भएपछि उडान तथा अवतरण अवरुद्ध भएको हो । अहिले सर्भर चल्न थालेको भए पनि समस्या पूरै समाधान भइनसकेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको छ ।
उडान प्रभावित हुँदा विमानस्थलमा यात्रुको भीड र चाप बढेको छ । केही समयअघि पनि सर्भर डाउन हुँदा उडान प्रभावित भएका थिए ।