
काठमाडौं । सरकारले ललितपुरको बालकुमारी घटनाबारे अनुसन्धान गर्न उच्च स्तरीय आयोग गठन गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बताइन् । आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको समय दिइएको छ ।
घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर पनितोकिएको मन्त्री शर्माले जानकारी दिइन् ।
पुस १३ गते ईपीएस कोरिया भाषा परीक्षार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । सोही दिन गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google