
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी टोखा नगरपालिका र जिल्ला प्रहरीको साझेदारीमा टोखा नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालय प्रधानाध्यपकहरुसंग अनिवार्य पढाई हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय स्तरका बाल–बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट वचाउन एवं विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवं अभिभावकहरुलाई सचेतना अभिवृद्दी गरि अपराध न्यूनिकरण एवं नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा टोखा नगरपालिकाको सभा हलमा नगर प्रमुखको अध्यक्षतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयका डिआईजी कृष्णहरि शर्माको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त एसपी नवराज अधिकार प्रहरी वृत्त महाराजगन्जका डिएसपी अम्बर थापा लगायत विद्यालयका प्रधानाध्यापकहरु, स्थानिय जनप्रतिनिधीहरुको उपस्थिति रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google