काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
दोस्रो अधिवेशनको ३६औँ बैठकमा विभागीय मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, अर्थ मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र कृषि तथा पशुपन्छी विकास मन्त्रीले आफ्नो मन्त्रालयको बजेटमाथि सांसदहले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।