
काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) यज्ञबिनोद पोखरेलले पदभार ग्रहण गरेका छन् । हालै सरुवा भएर आएका डिआईजी पोखरेलले आइतबार जनकपुर पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक पोखरेलले जनकपुर प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका थिए ।
त्यस पश्चात उनले प्रदेश कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार गर्न निर्देशन दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google