
काठमाडौँ । मन्त्रालयले अध्यागमन विभागका निर्देशक खिमराज भुसाललाई सरुवा गरेर दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने मन्त्रालयमै कार्यरत उपसचिव वेदनिधि खनाललाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ ।
बझाङमा विश्वामित्र कुइकेल, मुगुमा टोपेन्द्रबहादुर केसी, कालिकोटमा गणेश नेपाली, हुम्लामा विनोद पोखरेल, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा देवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई प्रमुख जिल्ला अधिकारी बनेका छन् ।
मन्त्रालयले बैतडी, सुनसरी, सल्यान, बाँके, सुर्खेत, नुवाकोट, गोरखा, काठमाडौं, तनहुँ, उदयपुर, धनुषा, सिन्धुली, नवलपरासी पूर्व, रौतहट र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी फेरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google