
काठमाडौं । नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो ।
विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मानव श्रोत विकासविभागका अनुसार २०८१ साल जेठ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।
सूची हेर्न यो लिंकमा क्लिक गर्नुहोस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google