काठमाडाैं । नेपाल प्रहरीका २ प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सोमवार २ प्रहरी निरीक्षकको काज सरुवा गरेको हो ।
अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठमाडौंका प्रहरी निरीक्षक माधव केसीलाई वडा प्रहरी कार्यालय रामबजार कास्की सरुवा गरिएको छ ।
वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रहरी निरीक्षक किरण राउतलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गरिएको छ ।