काठमाडाैं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । बैठक विशेष कारणवश स्थगित भएको सूचनामा उल्लेख छ ।
‘मिति २०८० वैशाख ५ गते मङ्गलबार अपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्यूले निर्धारण गर्नुहुने ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ ।