काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आविष्कार एवम् सामाजिक अभियन्ता महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
गत शुक्रकारदेखि सरकारसँग विभिन्न चार माग राखेर माइतीघर मण्डलमा आन्दोलनरत पुनलाई केसीले आइतवार दिउँसो भेटेर समर्थन जनाएका हुन् ।
केसीले समर्थन जनाएपछि पुनले धन्यवाद दिएका छन् । उनले अर्थतन्त्र सुधार्न पनि नवप्रवर्तन आवश्यक रहेको बताए ।
पुनले आफू नवप्रवर्तनमा सरकारको ध्यान तान्का लागि आन्दोलित भएर सडकमा उत्रिनु परेको पनि बताएका छन् ।