काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मलाई स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक अन्तिम समयमा चैत ५ सम्मलाई सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।
बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक विशेष कारण बस्न नसक्ने भएकाले चैत ५ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए । बुधबार बस्ने भनिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची थियो ।