काठमाडाैं । अनलाइन सट्टेबाजी गराउने वान एक्स बेटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकार धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रहरीले श्रेष्ठ र पौडेलसहितका जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा तथा सरोज घिमिरेलाई वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ गरेको थियो ।
त्यस्तै सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धितालसँग भने अदालतले १० लाख धरौटी मागेको छ ।