काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि फेरिएका छन् । सहसचिव प्रदीप परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परियारलाई राष्ट्रिय योजना आयोगबाट महानगरमा सरुवा गर्ने निर्णय गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेशी आयोगमा सरुवा गरिएको छ ।
२९ जना सहसचिवको सरुवा गर्दा नारायणप्रसाद रिसाल गृहमन्त्रालय वा अन्तर्गतका कार्यालयमा सरुवा भएका छन् । सेवन्तक पोखरेललाई संघको अर्थ मन्त्रालयबाट मधेश प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवका रूपमा सरुवा गरिएको छ ।
अध्यागमनबाट तानेर जगेडामा राखिएका झलकराम अधिकारीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्बाट बिहीबार निर्णय भएपछि शुक्रबार प्रमाणीकरण भएर संघीय मामिला मन्त्रालयमा आएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google