
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन् । आइतबार अपराह्न पूर्वराजा ज्ञानेन्द्रले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका पूर्वराजा शाहलाई भक्तपुरवासीले स्वागत गरेका थिए । स्थानीयवासीहरूले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’, ‘जनता आऊ राजा ल्याऊ’, जस्ता नारा लगाएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google